लाभांश पारित गर्न सांग्रिला बैंकको साधारण सभा आज बस्दै

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैत । लाभांश वितरणकाे प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा आज डाकिएकाे छ । साधारण सभा लैनचौर ब्यांक्वेटमा बिहान १० बजे डाकिएकाे छ ।

सभाबाट ९‍.४३२ प्रतिशत लाभांशकाे प्रस्ताव अनुमाेदन गरिनेछ । बैंकले गएकाे वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांशसहित ९‍.४३२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।

यस्तै सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतका एजेण्डा रहेका छन् । सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।

बैंकको साधारण सभा प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिएकाे छ । लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले फागुन २७ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।