विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर

-



     सफल आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रीदर १३१.७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ ।क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९७ रुपैयाँ २८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९० पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ