
काठमाडौं, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरकाे सेयर आईपीओमा आजदेखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ४९ हजार ४०० कित्ता सेयर जारि गरेकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर जारि भइसकेकाे छ ।
कम्पनीका अनुसार १४ लाख ४९ हजार ४०० कित्तामध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ३२ हजार २८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
सेयरमा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। यसका लागि चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा वैशाख ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले ६.४ मेगावाटको सुरी खोला जलविद्युतकाे प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ । यस्तै ७ मेगावाट क्षेमताकाे माथिल्लो सुरी खोला जलविद्युत आयोजना रहेकाे छ । यसकाे लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
सेयरमा लगानी गर्न चाहने सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा जाेडिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




