किसान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ चैत । किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुक क्लोज गर्ने जनाएकाे छ।

साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम हुने सेयरधनीहरु नै साधारण सभा र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।

साधारण सभाले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने सन्चालक समितकाे विशेष प्रस्तावलाइ अनुमाेदन गर्नेछ।

यस्तै सर्वसाधारण तथा संस्थापक शेयरको स्वामित्व परिवर्तन, थप सेयर तथा एफपीओ जारि गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन, मर्जरमा जानका लागि साेसम्बन्धि काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ ।

लघुवित्तकाे चौथो साधारण सभा चैत २८ गते र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानिलकण्ठ काठमाडौँमा बिहान ११ बजे डाकिएकाे छ ।