दोल्ती पावरले रु १ करोड बढीकाे आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० चैत । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे थियाे।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतलेहुने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्काशनका लागि राखेकाे थियाे।

यसबाट १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि थियाे। ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे थियाे । लगानीकर्ताहरुले १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन्। सेयरमा घटिमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यसका लागि वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म पूरा नपरेकाे खण्डमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ। यसकाे लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादनकाे लाग लिइएकाे अनुमति ३० वर्ष बाँकी नै छ।

सर्वसाधारणले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर भर्न सक्नेछन्। यस्तै मेरो सेयर अनलाइनबाटपनि आवेदन दिन सकिने छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।