घट्दै सुन र चाँदीको भाउ, तोलाको कति पर्छ ?

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो ।

आईतबार सुनमा रुपैयाँ ६ सयले गिरावट भएको थियो । चाँदीको भाउ भने रुपैयाँ १० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको रुपैयाँ १ लाख ८ हजारमा कारोबार भईरहेको छ ।

आईतबार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।