रोकिएन नेप्सेको ओरालोको यात्रा, कारोबार ९१ करोडमा सिमित

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० चैत । ओरालोको यात्रामा लागेको नेपाली सेयर बजारको यात्राले निरन्तरता लिएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ ।

सरकारको पूर्णता, नयाँ मन्त्रीहरुको नियुक्ति तथा अर्थमन्त्रीले पनि बजारमैत्री कुराहरु राखिरहँदा लगानीकर्ताहरु विश्वस्त हुन सकेका छैनन् । अँझ पनि लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेर ३५२.६४ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरुमध्य व्यापार उपसमूह बाहेक १२ वटा सबै राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । आज कुल २६० कम्पनीहरुको सेयरको खरिदबिक्री भएको छ । उनीहरुको २८ लाख १२ हजार ९९० कित्ता सेयरको खरिदबिक्रीबाट ९१ करोड ५१ लाख ६७ हजार ५४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंककोे ३ करोड ६२ लाख ७९ हजार ७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैधन्दा धेरै प्रभु बैंक डिबेन्चर २०८७ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य १० प्रतिशतले घटेको हो ।