
पोखरा, २३ कात्तिक । स्याङ्जाको भीरकोटमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइतेमध्ये भीरकोट ५ का १७ वर्षीय असिम सेनको उपचारक्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा गएराति मृत्यु भएको हो ।
पकान फाँटबाट पराल बोकेर हर्खौडीतर्फ जाँदै गरेको लु १ च २६९६ नम्बरको जीप शनिबार राति ७ बजे भीरकोट ५, हर्खौडीस्थित कच्ची सडकखण्डमा दुर्र्घटना हुँदा ५ जना घाइते भएका थिए ।
अन्य घाइतेहरुमा भीरकोट ५ का ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२ वर्षीय दिलबहादुर सेन र २२ वर्षीय अञ्जन सेन छन् । उनीहरुको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जीप चालक वालिङ ११ का ३८ वर्षीय राजु पंगेनी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



