
काठमाडौं, २२ चैत । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयात भएकाे प्रतिबन्ध, मौद्रिक नीतिमा लागू गरिएकाे कडा नीति, उच्च मुद्रास्फीति र सरकारी खर्चमा भएकाे कमीले राजस्व संकलनमा असर गरेकाे छ। बैंकका अनुसार यस वर्ष नेपालको वृद्धिदर सुस्त हुने देखिएकाे छ ।
बैंकले नेपाल विकासका विवरणहरु सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र २०२३ मा ४.१% ले वृद्धि हुने जनाएकाे हो । पर्यटनमा हुने पुनःस्थापना, रेमिट्यान्समा हुने वृद्धि र मौद्रिक नीतिको कारण आर्थिक वर्ष २०२४ मा साे वृद्धि ४.९ प्रतिशत पुग्ने आकलन गरिएको छ ।
तर बैंकले आर्थिक क्षेत्रका सूचकहरुले जोखिमका अवश्थाहरु विद्यमान रहेकाे जनाएकाे छ । मुद्रास्फीति दर उच्च हुनुले उपभोग र वृद्धिलाई कम गराउने, लगानीमा भएकाे कमिकाे कारण आर्थिक वृद्धिदर प्रभावित हुने लक्ष्यण देखिएकाे छ । काेभिड १९ काे कारण अहिले बढेकाे बेरोजगारीले पनि असर गरेकाे उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




