एकैदिन २ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ भारि मात्राले बढेको छ । छावापाल सुनमा एकैदिन रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको रुपैयाँ १ लाख ११ हजारमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख ९ हजारमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख १० हजार ४ सय ५० मा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ८ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ४ सय ४० मा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको रुपैया १ हजार ४ सयमा कारोबार भएको थियो ।