
पोखरा, २३ कात्तिक । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विज्ञप्ति जारी गरी ३ पुरुष र १ जना महिलाको ज्यान गएको पुष्टि गरेको हो ।
पोखरा–८ का ६७ वर्षीय पुरुषको आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचार क्रममा मृत्यु भएको छ । गत कात्तिक १३ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया समेत समस्या थियो ।
यसैगरी, पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । गत कात्तिक १८ मा कोरोना पुष्टि भएकी ती महिलामा निमोनिया समेत देखिएको थियो ।
पोखरा–१३ का ९२ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमै मृत्यु भएको छ । उनमा गत कात्तिक १६ मा संक्रमण पुष्टि भएको थियो ।
उता, स्याङ्जाको गल्याङ नगरपालिका वडा ७ का ५० वर्षीय पुरुषको आइतबार लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारक्रममा मृत्यु भएको छ । मधुमेह लगायत रोगबाट ग्रसित ती पुरुषलाई कात्तिक १८ मा कोरोना देखिएको हो ।
कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ७१ पुगेको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



