विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ