
काठमाडौं, २६ चैत । सिद्धार्थ क्यापिटलले आजदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन गरेकाे छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १२ करोड इकाई निष्काशन गरेकाे जनाएकाे हो।
यसमा १ करोड २० लाख इकाई कोष प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ । ६० लाख इकाई कोषकाे व्यवस्थापक रहेकाे सिद्धार्थ क्यापिटलका लागि रहेकाे छ। बाँकी रहेकाे १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
इकाईमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएमा बैशाख १० गतेसम्म आवेदन दिन पाइनेछ । इकाईमा लगानीका लागि घटीमा १०० तथा बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाइनेछ।
सिद्धार्थ म्युचुअल फण्डबाट सञ्चालन गरिने बन्दमुखि योजना हो। यसकाे आकार रु १ अर्ब २० करोडकाे रहेकाे छ। यसकाे अवधि १० वर्षका लागि रहेको छ। इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




