
काठमाडौं, २४ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रिएका खाद्य सामग्रीमा पुनःम्याद राख्दै गरेको अवस्थामा पक्राउ परेका विशाल ग्रुपका संचालकलाई १ बर्ष कैंद र २४ लाख ७२ हजार रुपैयाँ जरीवाना तोकिएको जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले आज बिज्ञप्ति जाारी गरी २०७७ असोज महिनामा विभागका महानिर्देशकको इजलासमा पेश गरिएका मुद्धामाथि भएका निर्णयहरुमा भारतको राजस्थानका हाल काठमाडौं बस्ने रोनक बोथरा र धादिङ्ग गल्छी गाउँपालिका वडा नं ३ घर भएका काठमाडौं कुलेश्वर बस्ने शंकर बयलकोटीलाई १ वर्ष कैंद तथा ३ लाख जरीवाना तोकिएको छ ।
प्रतिवादी मुन्ना ठाकुर, पुष्पादेवी अग्रवाल, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, राम बहादुर बयलकोटी र विक्रमप्रसाद गुप्तालाई प्रतिव्यक्ति ३ लाख १२ हजार जरीवाना गरी कुल १८ लाख ७२ हजार जरीवाना गर्ने निर्णय गरिएको छ ।
गोदाममा रहेका पुनः म्याद राखिएका सामान र म्याद गुज्रिएका २ करोड ९४ लाख बराबरका वस्तुहरुलाई प्रहरी र जनप्रतिनिधिको रोहवरमा नष्ट गर्ने निर्णय भएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



