आईतबार सुनचाँदीकाे भाउ स्थिर

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ चैत। साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहि सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन पनि स्थिर भाउ तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर भाउमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।