यो हो आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा रहेको छ ।

आजको मूल्यसूची यस्तो छ