
काठमाडौं, २७ चैत । राष्ट्र बैंकले मंगलबार २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने बताएकाे छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ ।
बैंकका अनुसार भाेलि जारी हुने साे ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकका अनुसार २८ दिनको लागि ३ अर्बको ट्रेजरी बिल जारी गर्न लागिएकाे छ । जाे २०८० साल वैशाख २८ गते परिपक्व हुने भएकाे छ ।
अर्काे बिल ९१ दिने ८ अर्ब रुपैयाँको रहेकाे छ। जाे असार २६ गते परिपक्व हुने भएकाे छ । यस्तै अर्काे १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ। याे बिल असोज २३ परिपक्व हुने जनाइएकाे छ । अर्काे ३६४ दिने ५ अर्ब रुपैयाँको रहेकाे छ । यो बिल २०८० साल चैत २७ गते परिपक्व हुने भएकाे छ ।
व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् । यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले सहभागीता जनाउन सक्नेछन् ।
के हाे ट्रेजरी बिल ?
ट्रेजरी बिल एकवर्ष वा एकवर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




