रु ७ सयले सस्तियो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर ताेलाकाे १ लाख ९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सयमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० घटेर तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।