काठमाडौं, २७ चैत । अर्थमन्त्री डा.प्रकाशसरण महतले अर्थतन्त्र सुधारको लागि अधिकतम प्रयास भईरहेको बताउँदै आएका छन् ।
सोमबार मात्रै भन्सारका अधिकारीहरुसंग छलफल गर्दै राजश्व संकलनमा भईरहेको कमिको बारेमा जानकारी दिएका छन् । उनले राजश्व चुहावटलाई रोक्न र भन्सार असुलीमा कडाई गर्न अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
सेयर बजारको गिर्दो अवश्थालाई सकारात्मक लयमा ल्याउने सरकारको ध्येय रहेको बताईरहँदा आज भने नेपाली सेयर बजारले सुधारको संकेत गरेको छ ।
साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह जागेको छ । एउटा बाहेक १२ वटा उपसमूहहरुमा हरियो लागेको छ भने कुल कारोबारले अर्बको घेरो नाघ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५४ अंकले बढेर १८४४.०२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले बढेर ३४९.६६ विन्दुमा रहेको छ ।
यसदिन १२ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । एउटामा मात्रै रातो लागेको यो समूहको सेयर घटेको छ ।
नेप्सेका अनुसार २६१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २९ लाख ६० हजार ८१३ कित्ता सेयरको खरिदबिक्रीबाट ९१ करोड १९ लाख ६१ हजार ८२० रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ८३ लाख ९९ हजार ४३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.५४ अंकले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




