दोल्ती पावरकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ चैत । दोल्ती पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर आईपीओ जारि गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि आईपीओ निष्काशन गरिसकेकाे छ।

कम्पनीका अनुसार १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा जारि गर्नका लागि राखिएकाे थियो। यसमा १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि बितरण भइसकेकाे छ । ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। इच्छुक लगानीकर्ताहरुले १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेकाे खण्डमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि घढीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीले ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ छ । यसकाे विद्युत उत्पादन अनुमति अवधि ३० वर्ष बाँकी छ।

सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।