महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ चैत । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। संस्थाको साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गरिने भएकाे छ।

साधारण सभामा सहभागि हुन र लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार गरि कायम भएकाे हुनु पर्नेछ ।

सभाबाट १४.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनकाे लागि ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै एफपीओ निष्काशन, मर्जरकाे कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरु पारित गरिनेछ।

लघुवित्तका अनुसार वैशाख ९ गते दशौँ वार्षिक साधारण सभा डाकिएकाे छ। सभा केन्द्रिंय कार्यालय, अग्नीसाइर कृष्णासवरण, महुली, सप्तरीमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।