नेप्सेमा छायो हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

-



     सफल आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । कारोबार रकममा झिनो बृद्धिको संकेत देखिएपनि काराेबार रकम भने अर्बभन्दा तल नै रहेको छ ।

सेयर बजारको उकालोको यात्राले अब सुधारको लय लम्बिन्छकी भन्ने अपेक्षा बढाएको छ । सेयरबजारमा देखिएको हरियालीले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४८ प्रतिशतले बृद्धि भएको छ । उता सेन्सेटिघ इण्डेक्स ५.७९ अंकले बढेर ३५५.४५ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । आज कुल २६२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३३ लाख १५ हजार ७२० कित्ता सेयरको खरिदबिक्रीबाट ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ ३६ पैसाब बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड १० लाख ९३ हजार ५८९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सेयरमूल्यममा गिरावट भएको छ । कम्पनीको सेयरमूल्य ३.५४ प्रतिशतले घटेको हो ।