बढ्दै डलरसहित विदेशी मुद्राको भाउ, कुनको कति ? (मूल्यसूची)

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

आजको मूल्यसूची यस्तो छ