
काठमाडौं, २९ चैत । ‘सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३’ को इकाईका लागि आवेदन दिने म्याद थप भएको छ। म्याद थपिएपछि लगानीकर्ताले अब बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि साे स्किम ल्याएकाे थियाे ।
क्यापिटलका अनुसार स्किम ३ को प्रतिइकाई अंकित मूल्य रु १० रहेकाे छ । साे मूल्यमा १२ करोड इकाई जारि गरिएकाे छ । यसका लागि घटीमा १ करोड ८० लाख इकाई कोषकाे प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ ।
यसमा ६० लाख इकाई कोषकाे व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि रहेकाे छ। बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले बाँकी आवेदन दिन पाउनेछन्।
सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाईका लागि लगानीकर्ताले घटीमा १०० तथा बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।
याे योजना एक बन्दमुखि योजना हो। यसकाे आकार १ अर्ब २० करोड रुपैयाँ बराबरकाे रहेको छ। लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




