बिहिबार सुनचाँदी स्थिर भाउमा कारोबार हुँदै

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन यसदिन तोलाको १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख १० हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।