
काठमाडौं, १ वैशाख । लाभांश अनुमाेदन गर्नका लागि नेसनल माइक्रोफाइनान्सले वैशाख १५ गते साधारण सभा डाकेकाे छ ।
कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा वैशाख १५ गते धादिङ क्रिक रिसोर्ट, धादिङबेसीमा पूर्वान्ह ११ बजे डाकेकाे हाे ।
नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरिसकेकाे छ । यसकाे कारण कर प्रयोजनका लागि नगद लाभांश नहुने भएकाे छ। राष्ट्र बैंकको निर्देशन अनुसार संशोधन गर्दै कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव साधारण सभामा लैजाने भएकाे छ ।
सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिने भएकाे छ । समिट लघुवित्तसँग मर्जरका लागि गरिने कार्य गर्न दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकनका लागि संयुक्त समिति र लेखापरीक्षकको नियुक्ति लगायतका विषयमाथि छलफल गरि पारित गरिने भएकाे छ ।
साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले वैशाख ४ गतेदेखि बुक क्लोज गर्ने बताएकाे छ । यसअनुसार सेयरधनीहरुले वैशाख ३ गतेसम्म सेयर काराेबार भइ कायम भएकाे हुनुपर्ने छ । यसरी कायम हुने सेयरधनीले मात्रै सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि याेग्य मानिने छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




