यस्ताे छ सनराइज क्यापिटलकाे नयाँ वर्षको लगानी योजना

-



     सफल आवाज    
     वैशाख १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ वैशाख । सनराइज क्यापिटलले नयाँ वर्ष २०८० को अवसरमा नयाँ एसआइपी पोर्टफोलियो योजना सञ्चालनमा ल्याएको जनाएकाे छ। क्यापिटलका अनुसार आकर्षक प्रतिफल दिन दीर्घकालीन लगानीमा सहभागिता गराउन लागिएकाे हाे ।

नयाँ योजनामा सरिक हुन चाहने इच्छुक लगाानीकर्ताले ताेकिएकाे समयमा निर्धारिण गरिएकाे रकम जम्मा गर्नुपर्नेछ । क्यापिटलले साे रकम दीर्घकालीन प्रतिफल पाइने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी हुने जनाएकाे छ ।

याेजनामा सरिक हुन चाहेका र लगानीकाे व्यवस्थापनमा हुने कठिनाइ भएकाहरुकाे लागि राम्राे हुने अपेक्षा गरिएकाे छ । वित्त बजारमा सुधारकाे अवश्था नभइसकेकाे बेलामा लगानीकर्ताको जोखिम कम गर्न यसले मद्धत पुग्ने बताइएकाे छ ।

नयाँ योजनामा लगानीका लागि घटीमा ३ लाख चाहिन्छ । रकम ताेकिएकाे समय र अवधिमा नियमित जम्मा गर्नुपर्ने जनाइएकाे छ । यसकाे अवधि ५ वर्षको रहेकाे छ ।