
पोखरा, २४ कात्तिक । कोराना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गण्डकी प्रदेशमा २५ करोड २६ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजारबाट हालसम्म २५ करोड २६ लाख २३ हजार खर्च भएको जानकारी दिए ।
उनका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम् चिकित्सकलाई ५ करोड २७ लाख जोखिम भत्ता उपलब्ध गराइएको छ ।
त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनका लागि पनि १ करोड ५३ लाख उपलब्ध गराइएको छ । ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टिन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।
उनले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको बताए ।
प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उनको भनाइ छ ।
गण्डकी प्रदेशको कोरोना सङ्क्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ४२ दशमलब ९६ प्रतिशत देखिएको छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोरखा, स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।
महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि १९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको राससले लेखेकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



