
काठमाडौ, १ वैशाख । नर्भिक हस्पिटल स्थापनाको ३०औँ वार्षिकोत्सबको अबसरमा अस्पतालको सवै सेवामा ३० प्रतिशात छट दिने भएको छ । अस्पताल व्यवस्थापनले वार्षिकोत्सवको अवसरमा याे सहित विभिन्न अफर रहेको जानकारी गराएको हो।
नर्भिक हस्पिटल ‘क्याथेटराइजेसन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो,’ ३०औँ वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँ स्तरीय इनभेसिभ र नन–इनभेसिभ कार्डियाक सुविधा उपलब्ध छन्।’
अस्पतालकाअनुसार वार्षिकोत्सवको अवसरमा सार्वजनिक अफरहरूमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट हुनेछ।
त्यस्तै लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट रहने अस्पतालले जानकारी दिएको छ। त्यस्तै म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट रहने अस्पतालको भनाइ छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




