
काठमाडौं, ३ वैशाख । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेर ३६७.७३ विन्दुमा रहेको छ ।
यसदिन कुल २६५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३० लाख ५६ हजार ७७५ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहरुमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ९ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको सेयर कारोबार भएको छ । सो होटलको ३ करोड ८९ लाख ४ हजार ४०९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एशियन हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




