यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

-



     सफल आवाज    
     वैशाख ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरको भाउ स्थि रहेको छ भने अन्य देशको मुद्राको भाउ घटेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ ।

आजको मूल्यसूची यस्तो छ