मेन्छियाम हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     वैशाख ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ वैशाख । मेन्छियाम हाइड्रोपावरले आजदेखि सर्वसाधारणको लागि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरी सकेकाे छ ।

कम्पनीका अनुसार जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर जारि गरिएकाे हाे। ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाेमा ५ लाख ५ हजार ७८० कित्ता मात्रै वितरण भएको छ।

१० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ताबाट १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि रहेकाे छ । २२ हजार ४३९ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । कम्पनीले ५६ हजार ९९ कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएकाे छ। सर्वसाधारणले ९ लाख ३४ हजार ९१५ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा बैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ। यसका लागि घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता माग गर्न सकिनेछ।

सेयर भर्नका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ। यसकाे अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ । विद्युत उत्पादनकाे अनुमति २८ वर्ष बाँकी छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।