एनएमबि लघुवित्तले १०४ प्रतिशतले नाफा बढायो,सूर्योदयको भने नाफा घट्याे

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । सोमबार वित्तीय विवरण सार्वजनिक गरेका दुई लघुवित्तको अवस्था विपरित देखिएको छ । वित्तीय विवरण सार्वजनिक गरेको पाेखरा हेम्जामा केन्द्रीय कार्यालय रहेकाे एमएबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा निकै राम्रो प्रगति गर्दै १०४ प्रतिशतले नाफा बढाएकाे छ भने सुर्योदय लघुवित्तको नाफा घटेको छ ।

एमएबि लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १०४.४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ५२ लाख खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र फि, कसिशन तथा डिस्काउण्ट आए बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख ४६ हजार रुपैयाँबाट बढेर ७ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। यसको सञ्चालन मुनाफा २ करोड ३७ लाख ९५ हजार रुपैयाँबाट बढेर ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

उता सुर्योदय लघुवित्तको भने अवस्था फरक छ । सूर्योदयको नाफा २३ लाख ५३ हजार रुपैयाँले घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सुर्योदयको खुद ब्याज आम्दानी २ करोड ९ लाख ७१ हजार रुपैयाँ बढेर ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १ करोड ५५ लाख ५६ हजार रुपैयाँ घटेर ४७ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ ।