
काठमाडौं, ५ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा गिरावट भएको छ । नेप्सेमा झिनो अंकको गिरावटसंगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ । नेप्सेमा ०.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ३६३.०४ विन्दुमा रहेको छ ।
यसदिन १३ वटा उपसमूहमध्य ३ वटामा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा उपसूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कुल १६६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २९ लाख ७५ हजार ९२० कित्ता सेयरको खरिदबिक्रीबाट ८७ करोड ४ लाख लाख ४८ हजार १५१ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको कारोबार ५ करोड २६ लाख ३२ हजार १०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




