१९२०.१२ विन्दुमा उक्लियो नेप्से, कारोबारमा स्वावलम्बन लघुवित्त अब्बल

-



     सफल आवाज    
     वैशाख ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली दृश्य देखिएको छ । एउटा उपसमूह बाहेक अन्य १२ वटामा हरियो लागेको छ । सूचकहरुमा सुधार देखिए पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति हुन सकेन ।

नेपाल स्टक इक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्दुमा पुगेको छ ।

आज कुल २७३ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २५ लाख ७९ हजार ३२५ कित्ता सेयरको कारोबारबाट ८७ करोड २१ लख ४१ हजार ११६ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्येमा एउटामा मात्रै रातो लागेको छ र यस समूहको सेयर घटेको छ । बाँकी १२ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । कम्पनीको ८ करोड ८३ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।