सुनको मूल्य एकैदिन प्रतितोला ३४ सय घट्यो

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । आज सुनको मूल्यमा गिरावट आएको छ । एकैदिन आज सुन प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २१५ मा कारोबार भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो