
काठमाडौं, ७ वैशाख । अघिल्लो दिन १९२०.१२ विन्दुमा उक्लिएको नेप्से परिसूचक दोश्रो दिन ओरालोको यात्रामा गएको छ । यसो भनौं सेयर बजारको सकारात्मक लय एक दिन बढी टिक्न सकेन ।
साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो गिरावट भएको छ । नेप्सेमा १५.७३ अंकको गिरावट हुँदा नेप्से परिसूचक ०.८२ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेर ३६३.१२ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।
यसदिन कुल २६७ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ३१ लाख ९४ हजार ८२७ कित्ता सेयरको कारोबारबाट ९७ करोड ८५ लाख ५१ हजार ४५६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ७५ लाख ३६ हजार ८५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




