दोल्ती पावरकाे आइपीओ आज बाँडफाँड हुँदै

-



     सफल आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ वैशाख । दोल्ती पावर कम्पनीको सेयर (आइपीओ) आज बाँडफाँड गर्न लागिएकाे छ । सेयर बाँडफाँड बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटकाे कार्यालयमा अपरान्ह ३ बजे हुनेछ ।

कम्पनीका अनुसार सेयरमा मागभन्दा बढीकाे आवेदन परेकाे छ । आवेदन ११.६० गुणा बढी परेको हाे। यसकाे बाँडफाँड गोलाप्रथाबाट हुने भएकाेले धेरैकाे हात रित्तै हुनेछ । 

कम्पनीले १३ लाख ३९ हजार ४४० जना आवेदकले १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि सेयरमा आवेदन दिएका जनाएकाे छ । १ लाख २७ हजार १८६ जनाले सेयर पाउनेछन् । ११ लाख ४४ हजार ६७५ जनाकाे हात खालि हुनेछ । 

कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता सेयर निष्काशन गरेको थियाे । यसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ ।

१ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडिसकिएकाे छ । बाँकी रहेकाे १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

सेयरकाे बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ ।