दोल्ती पावरको सेयर बाँडफाँड सम्पन्न, एक भाग्यमानीले पाए ११ कित्ता सेयर

-



     सफल आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित



दोल्ती पावर कम्पनीकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको सेयर आज अपरान्ह सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो ।

कम्पनीको सेयरमा १३ लाख ८३ हजार ७२४ आवेदकले १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयर माग गरेका थिए । जसमा १ लाख १० हजार २७४ को आवेदन फिर्ता गरिएका छन् । ४ हजार ५०४ जनाको आवेदन रद्ध गरिएकाे जनाइएकाे छ ।

सेयरमा १२ लाख ६८ हजार ९४६ जनाको आवेदन याेग्य मानिएकाे थियाे । माग भन्दा बढी आवेदन परेपछि यसकाे बाँडफाँड गोलाप्रथाद्वारा गरिएकाे हाे ।

याेग्य मानिएका आवेदकहरुमध्ये १ लाख २७ हजार १८६ जनाले  १० कित्ताका दरले सेयर हात पारेका छन् । उनीहरुमध्ये पनि एक जनाले ११ सेयर हात पारेका छन् ।

जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता सेयर सार्वजनिक निष्काशनका लागि राखिएकाे थियो ।

यसबाट १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारमा गएकाहरुलाई बाँडीएकाे थियाे । ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । १२ लाख ७१ हजार ८६१ कित्ता सेयर सर्वसाधारणको लागि वितरण गरिएकाे छ ।