तिहारमा ३ दिन बैंक बन्द हुने

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपाल बैंकर्स संघले नेपालीको दोश्रो ठूलो चाड तिहारमा ३ दिन बैंक र सबै शाखा कार्यालयहरु बन्द हुने जानकारी दिएको छ । संघका अनुसार कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिईएको हाे।

बैंक तथा वित्तिय संस्थाका कर्मचरीहरुमा कोरोनाको संंक्रमण बढिरहेको अवस्थालाई मध्येनजर गर्दै तिहारको समयमा ३ दिन बैंक तथा शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको संघले आज जारी गरेकाे बिज्ञप्तिमा जनाएको छ ।

संघका अनुसार एटिएम, माेबाइल बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग सेवा भने सञ्चालनमा रहने भएका छन् । संघले कोरोना भाइरसको संक्रमणबाटबाट जोगिनका लागि पनि डिजिटल बैंक सेवा लिन आग्रह गरेको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुमा दिनहुँ संक्रमण बढ्दै गएकाे संघले जनाएकाे छ । हालसम्म ६ हजार भन्दा बढी कर्मचारी संक्रमित भईसकेको अवस्थामा समेत बैंकिङ्ग सेवा नियमित रुपमा गर्दै आएको संघले जनाएको छ ।

यसअघि दशैंमा पनि ५ दिन बैंकहरु बन्द गरिएको थियो ।