बैशाख १९ गतेदेखि आईपीओ ल्याउदै मोदी ईनर्जी

-



     सफल आवाज    
     वैशाख १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० वैशाख । मोदी ईनर्जीकाे सेयर (आईपीओ) बैशाख १९ गतेदेखि जारि हुने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसबाट ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगार रहेका नेपालीहरुका रहेकाे छ ।२ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । यसमा ८७ हजार कित्ता कर्मचारीहरुका लागि थियो।

आयोजना प्रभावित क्षेत्रका जनताका लागि पूरा बिक्री नभएकाे २० लाख ९५ हजार ६१० कित्ता थपेर जम्मा ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि जारि गरिने भएकाे कम्पनीले जनाएकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसकाे निर्माण लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। अब विद्युत उत्पादन अवधि २३ वर्ष बाँकी छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।