
काठमाडौं, १० वैशाख । नयाँ वर्ष २०८० को शुरुआत तथा नयाँ सरकारको आगमनसंगै उकालो लाग्न कठिन भईरहेको सेयर बजारको अवस्ठा सुध्रिन सकेको छैन । फाट्टफुट्ट सुधारको संकेत देखिएको भएपनि अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा प्रकाशसरण महत पदमा बहाली भएकै दिनदेखि अर्थतन्त्रको सुधारको पक्षमा उभिएका छन् । उनीहरुले नीजि क्षेत्रलाई साथै लिएर जाने तथा उनीहरुलाई प्रभावित पार्ने कुनै कानून नबनाउने बताईरहँदा सेयरबजार विश्वस्त हुन सकेको छैन । कारोबारमा पनि उल्लेखनीय सुधार हुन सकेको छैन । कारोबार रकम अर्बबाट तल नै रहेको छ ।
साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार पुनः राताम्मै भएको छ । एक मात्र उपसमूह होटल तथा पर्यटन उपसमूहमा मात्रै हरियो भएको छ । अन्य सबै राताम्मै भएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.०० अंकले घटेर ३५९.१३ विन्दुमा झरेको छ ।
यसदिन एउटा उपसमूह होटल तथा पर्यटनतर्फ मात्रै हरियो लागेको छ । यो समूहको सेयर बढेको छ । बाँकी रहेका १२ वटा उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।
कुल २६५ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २७ लाख ३४ हजार ३०७ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ११ लाख ९५ हजार ३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सनराईज ब्लुचिफ फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराईज फोकस्ड इक्वीटी फण्डको सेयरमूल्य घटेको छ । सो फण्ड १० प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




