घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपेयाँ २० ले घटेको हो ।

छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको १ लाख ९ हजार १०० मा कारोबार भईरहेको छ । यसअघि आईबार छापावाल सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा काराबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।