नेप्सेमा झिनो अंकको बृद्धि, कारोबार ७५ करोडमा सिमित

-



     सफल आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ ।

नेप्सेमा झिनो अंकको बृद्धिले अब सेयर बजार सकारात्मक लयमा जान्छकि भन्ने आकलन गरिएको छ । कारोबार रकममा भने उल्लेखनीय प्रगति हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेर ३५९.३७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुको सेयर घटेको छ ।

यसदिन कुल २७० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २२ लाख ६० हजार ८२३ कित्ता सेयरकोद खरिदबिक्रीबाट ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ८१ लाख ७८ हजार २२१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.११ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ९.६२ प्रतिशतले घटेको छ ।