
काठमाडौं, १२ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे नाफा ४२.८८ प्रतिशत कम देखिएकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार अधिकांश सूचकहरु घटेका हुन ।
यस आर्थिक वर्षको चैतसम्म ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। यो अघिल्लाे आर्थिक वर्षको सोही अवधिको भन्दा ४२.८८ प्रतिशतले कम देखिएकाे छ । गत वर्ष संस्थाले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट भएपछि खुद नाफा पनि घटेकाे हो।
लघुवित्तको खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले घटेको छ । सञ्चालन आम्दानी १२.८० प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी १५.८१ प्रतिशतले घट्दा सञ्चालन मुनाफा ६५.७० प्रतिशतले कम भएकाे छ।
संस्थाकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३६ पैसा घटेर ८ रुपैयाँ ८६ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १०४.०१ गुणा रहेकाे छ । नेटवर्थ भने १३८ रुपैयाँ ४ पैसा रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




