बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले बढेको हो । चाँदीको भाउ स्थिर रहि सोमबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी तोलाको १ हजार ४२० रुपैयाँमा नै कारोबार भएको थियो ।