यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     वैशाख १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ सामान्य तलमाथि भएको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७७ पैसा बिक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ १८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९८ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तो छ आजको मूल्यसूची :