सुनको भाउ २ सयले बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुनमा रुपैयाँ २०० ले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।