कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक राजश्व कार्यालय बन्द

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ कात्तिक । आन्तरिक राजश्व कार्यालय पाेखरा ३ दिनसम्म बन्द हुने भएको छ । कार्यालयका केही कर्मचारीहरुमा पीसीआर रिपोर्टमा पोजेटिभ देखिएपछि कर्मचारी तथा करदाताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई कात्तिक २६ देखि २८ सम्म कार्यालयका सम्पूर्ण सेवा बन्द रहने भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले मंगलबार सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । कार्यालय बन्द हुने भएपछि यसबाट करदाताहरुमा पर्न गएको असुविधाप्रति कार्यालयले दुःख व्यक्त गर्दछ, सूचनामा भनिएको छ ।