
काठमाडौं, १३ वैशाख । अघिल्लो दिन उकालो लागेको सेयर बजारमा भोलिपल्टै करेक्सन भएको छ । साताको सेयर कारोबार हुने बुधबार चोथो दिन हो । यसदिन सबै सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम पनि अर्ब कट्न सकेन । नेप्सेको ओरालो लागिरहेको यस्तो अवश्थाले लगानीकर्तालाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा झरेको छ । नेप्सेमा ०.७२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.११ अंकले घटेर ३६१.५५ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २६४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २५ लाख ७१ हजार २०२ कित्ता सेयरको खरिदबिक्रीबाट ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँ ४१ पैसा बराबरको कारोबार भएको छ
सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ३.२५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डको सेयरमूल्य घटेको कम्पनीको सेयरमूल्य ९.१२ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




